यामाहाको एक्स्चेञ्ज मेला, बजार मूल्यमा १५ हजार थप मूल्यांकन



काठमाडौं । यामाहा नेपालले नेपाली ग्राहकका लागि सबैभन्दा उत्कृष्ट एफ आइ प्रविधिमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्न बृहत्तर एक्स्चेञ्ज मेला शुरु गरेको छ । यो महा एक्स्चेञ्ज मेलाको आयोजना चैत्र ५ गतेदेखि ११ गतेसम्म काठमाडौं स्थित भृकुटीमण्डपमा शुरु भएको छ ।

एक्स्चेञ्ज मेलामा यामाहाले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकलका लागि प्रचलित बजार मूल्यमा १५ हजार थप मूल्यांकन गरिनेछ । यसका अतिरिक्त यामाहाले बाइक तथा स्कूटरहरुको खरीदमा कम मासिक किस्ता, शुन्य प्रतिशत ब्याजदर र कम डाउनपेमेन्ट लगायतका विशिष्ट अफरहरुका साथ ‘अन द स्पट फाइनान्सिङ’ को सुविधा समेत उपलब्ध गराएको छ ।

कसैले बाइक तथा स्कूटरहरु खरीद गर्ने सोच बनाइराख्नु भएको छ, उपभोक्ताले यो महा एक्स्चेञ्ज मेलाबाट प्रशस्त लाभ लिन सक्नेछन् । साथै यस मेलाका आकर्षणहरुमा यामाहा ब्राण्डका बाइकहरु तथा स्कूटरहरु खरीद गर्दा स्योर शट नगद छुटमा १० हजार रुपैया र चलाउँदा लगाउने सामग्रीहरु जित्न सक्नेछन् । तथा टेष्ट राईड गर्ने भाग्यशाली विजेताहरुले हेलिकोप्टर यात्राको अवसर पनि पाउनेछन् ।

यति मात्र हैन । यामाहा नेपालले अवलोकनर्ताहरुलाई निःशुल्क बाइक चेकअप र निःशुल्क सफाईको अफर पनि दिएको छ, यो अफर जुनै ब्राण्डका बाइकहरुका लागि खुला गरिएको छ । महामेलाको थप आकर्षणहरुमा राइडिङ्ग प्रतियोगिता, डोर पुरस्कारहरु, दैनिक क्वीजहरु, र अवलोकनमा आउनेहरुलाई अपूर्व अनुभूति प्रदान गर्न नेपाली मनोरन्जन क्षेत्रका धेरै चर्चित हस्तीहरुसँग भेट गर्ने अवसर पनि प्रदान गर्नेछ । यसका साथै अवलोकनकर्ताहरुले एक्स्चेञ्ज मेलाको दौरान प्रदर्शनीका लागि राखिने सुपर बाइकहरु पनि हेर्न पाउनेछन् ।

मेलाको बारेमा जानकारी दिंदै यामाहा मोटर्सका सीईओ चिरञ्जीवी शाह भने, ‘हामी यो मेलाको आयोना गर्न पाएकोमा हर्षित छौं । यो बाइकधनीहरुका लागि एफआइ इन्नि बाइकमा स्तरोन्नति गर्ने र आफ्नो स्वामित्वको बाइक तथा स्कूटरहरुको उत्कृष्छ मुल्य प्राप्त गर्ने स्वर्णिम अवसरको मेला हो । हामी विश्वस्त छौं कि यो एक्स्चेञ्ज मेलाले हाम्रा आदरणीय ग्राहकहरुलाई उत्कृष्ट डिलहरु गर्ने अवसर प्रदान गर्नेछ ।


क्लिकमान्डु