केटीएम २५० एड्भेन्चर सार्वजनिक, मूल्य ७ लाख ४९ हजार ९००



काठमाडौं । केटीएम मोटरसाइकल ब्राण्डले बहु–प्रतिक्षित केटीएम २५० एड्भेन्चर नेपालमा सर्वाजनिक गरेको छ । केटीएम २५० एड्भेन्चर को मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको  छ । देशभरिका समस्त केटीएम शोरुममा बुकिङ्ग खुला गरिएको छ ।

नेपालमा व्यापकरुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि केटीएम २५० एड्भेन्चर सार्वजनिक गरिएको हो । यस अघिको केटीएम ३९० एड्भेन्चरले उपभोक्ताको कल्पनात्मकता र अपेक्षालाई पूरा गरेको थियो । एड्भेन्चर बाइकिङ्गको संसारमा उपभोक्तालाई पहिलो कदम चाल्न लगाएर केटीएम २५० एड्भेन्चरले यो फ्रेन्चाइजलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

उत्कृष्ट ह्यान्डलिंग र इन्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटीम परिवारको नवीनतम एडिशन हो । यसको वृहत् डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर, केटीम एड्भेन्चर अत्यन्त विशेषताहरु प्रदान गर्दछ, जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्री प्वाईट हो ।

क्लास लिडिङ पर्फमेन्स

केटीएम २५० एड्भेन्चरमा शक्तिशाली २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड इन्जिन छ । जसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ, जुन बढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ । इलेक्ट्रोनिक प्mयूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा प्रदर्शन संख्या बढाउन मद्दत गर्दछ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (पीएएससी) ले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्दछ र सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ्ग गर्न मद्दत गर्छ । संक्षेपमा भन्नु पर्दा, यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिंग र डाकार ¥याली हेरिटेज अपनाउँछ, जसले केटीएम एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।

एड्भेन्चरको लागि बनाइएको उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटीएम २५० एड्भेन्चर, डब्लूपी एपेक्स सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्लूपी एपेक्स अपसाइड–डाउन ४३ एमएम अगाडिको फोर्कमा १७७ एमएम ट्राभल रेन्ज हुन्छ । यसमा हेभ्भी–ड्यूटी काष्ट व्हीलहरु (१९ इन्च÷१७ इन्च) र ट्राभल–स्पेसिफिक ट्यूबलेस टायर्स छ र यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पीङ प्रदान गर्छ ।

ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक ब्रेक्समा ४–पिस्टन ¥याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क हुन्छ । बोशको अत्याधुनिक एबीएस प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ ।जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साँगुरो बाटोमा पनि आरामले चलाउन मद्दत गर्दछ ।

१४.५ लिटर ट्याङ्क र इन्धन बचन गर्ने बीएस–६ ईमिशन इन्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ ।

हन्सराज हुलासचन्द एण्ड कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर बिजय मोक्तानले भने, ‘भर्खरैका वर्षहरूले हामीले एड्भेन्चर यात्रामा बढ्दो प्रवृत्ति देखिएका छन् र बाह्य अन्वेषणमा रुचि बढ्दो छ । हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको छ । यस वर्षको सुरुवातमा शुरू गरिएको केटीएम एड्भेन्चरलाई बाइकिङ्ग उत्साहीहरूले धेरै राम्रो तरिकाले लिएका छन् । केटीएम एड्भेन्चर मोडल परिवारमा नयाँ सदस्यको लागि बाटो खुलेको छ । केटीएम ३९० एड्भेन्चर प्लाटफर्ममा आधारित, सबै नयाँ केटीएम २५० एड्भेन्चर एक ट्राभल–एंडुरो मोटरसाइकल हो ।’

जुन विश्वको हरेक भागबाट राइडरहरूको एक विस्तृत स्पेक्ट्रमको लागि अपील गर्दछ । यसको राम्ररी सोचेर तयार गरिएको यात्रा र एड्भेन्चर केन्द्रित एर्गोनोमिक्सले गर्दा केटीएम २५० एड्भेन्चर उचित मूल्यको मोटरसाइकल हो। जसले दैनिक यात्राको लागि रमाइलो सवारीको अनुभव प्रदान गर्नुको साथै शहरी होहल्लाबाट टाढा शहर बाहिरको यात्रामा पनि सजिलै पुर्‍ याउँछ । नवीनतम प्रविधिको साथ टप–स्पेक कम्पोनेन्टहरूको संयोजन गरेर केटीएम २५० एड्भेन्चरले द्रुत गतिले बढ्दै गरेको एड्भेन्चर क्षेत्रमा आफ्नो छुट्टै मापदण्ड तय गर्दछ । केटीएम २५० एड्भेन्चर रोमाञ्चक र सस्तो स्वामित्व योजनाहरूको माध्यमबाट पनि उपलब्ध हुनेछ ।


क्लिकमान्डु