सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने शुक्रबार ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ थियो भने शुक्रबार १५ रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु