सरकारले भाडा नबढाए चैत तेस्रो सातादेखि सार्वजनिक गाडी नचलाउने व्यवसायीको धम्की



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका आधारमा सार्वजनिक यातायातको भाडा समायोजना गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई बिहीबार ज्ञापन पत्र बुझाएको हो ।

चैतको तेस्रो साताभित्र सार्वजनिक यातायातको भाडा समायोजन नगरे सवारी साधन नचलाउने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग गरेको छ ।

महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारीसाधनलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग छ ।

२० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि महासंघका महासचिव सरोज सिटौलाले बताए । ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्बाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभाग सँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिए ।


क्लिकमान्डु