उपत्यकमा ४ वटा नयाँ पुल बन्ने



काठमाडौं । काठमाडौं उपत्यकामा ४ वटा नयाँ पुल बन्ने भएको छ । बाग्मती प्रदेश पूर्वाधार विकास कार्यालयले काठमाडौं उपत्यका ३ नगरपालिकामा ४ वटा नयाँ पुल निर्माण गर्ने भएको हो ।

काठमाडौंको कागेश्वरी–मनहरा नगरापालिकाको महादेव खोलामा दुई वटा पुल बन्नेछन् । पुल नगरपालिकाको बम्हाखेल र आलापोटमा निर्माण हुँदैछ । काठमाडौंको टोखा नगरपालिकाको ग्राण्डी हस्पिटल छेउ विष्णुमति खोला र ललितपुरको सिन्धु लुभु गोदावरी खोलामा १÷१ पुल निर्माण हुनेछन् ।

पुल निर्माण गर्ने निर्माण व्यवसायी छनोट गर्न कार्यालयले २०७७ पुस १४ गते बोलपत्र आह्वान गरिएको छ । महादेव खोला बम्हाखेल र आलापोटमा पुल निर्माण गर्न ८ वटा निर्माण व्यवसायी प्राविधिक रुपमा सक्षम देखिएका छन् ।

विष्णुमति खोला पुल निर्माण गर्न ११ निर्माण व्यवसायी प्राविधिक रुपमा सक्षम छन् । सिन्धु लुभु गोदावरी खोलामा पुल गर्न ६ वटा निर्माण व्यवसायी प्राविधिक रुपमा सक्षम देखिएका छन् । कार्यालयले चैत १२ गते निर्माण व्यवसायीको आर्थिक प्रस्ताव खोल्नेछन् । सबैभन्दा कम रकममा प्रस्ताव गर्ने निर्माण व्यवसायीले पुल निर्माणको जिम्मा पाउनेछ ।


क्लिकमान्डु