नेपालमा एक हजारबढी युनिट बिक्री भयो हुन्डाई क्रेटा, बजारमा अभाव



काठमाडौं । नयाँ हुन्डाई क्रेटा एसयूभी नेपालमा एक हजार युनिटभन्दा धेरै बिक्री भएको छ ।

सार्वजनिक भएको एक वर्षभन्दा कम अवधिमा नयाँ हुन्डाई क्रेटा एक हजारभन्दा धेरै युनिट बिक्री गरिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रबन्धक बिक्री तथा बजार व्यवस्थापक रुपेश शर्माभट्टले जनकारी दिए । नयाँ हुन्डाई क्रेटा २०७७ भदौमा सार्वजनिक गरिएको हो ।

भारतमा १ लाख २१ हजार युनिट बिक्यो
नयाँ हुन्डाई क्रेटा प्रतिनेपालीको मात्र नभई भारतीयको पनि उस्तै क्रेज देखिएको छ । एकवर्षको अवधिमा भारतीय बजारमा नयाँ हुन्डाई क्रेटा १ लाख २१ हजार यूनिट बिक्री भएको छ ।

हालसम्म भारतमा क्रेटा एसयूभी ५ लाख ८० हजार यूनिट बिक्री भएको छ । नेपालमा क्रेटा एसयूभी ६ हजार युनिटभन्दा धेरै बिक्री भइसकेको लक्ष्मी इन्टरकन्टिनेन्टले जानकारी दिएको छ । नेपालमा क्रेटा पहिलो पटक सन् २०१५ मा सार्वजनिक गरिएको थियो ।

नयाँ हुन्डाई क्रेटाको बिक्रीमा ५१ प्रतिशत हिस्सा एसएकस, एसएक्स (ओ) भेरियन्टको रहेको छ ।

नयाँ हुन्डाई क्रेटा १.५ लिटर डिजल भेरियन्टको बिक्री ६० प्रतिशत र अटोमेटिक भेरियन्टको बिक्री २० प्रतिशत छ । नयाँ हुन्डाई क्रेटा भारतको बेस्ट सेलिङ एसयूभी बन्न सफल भएको छ ।

९ भेरियन्टमा उपलब्ध छ क्रेटा
हुन्डाई क्रेटा नेपालमा ९ भेरियन्टमा उपलब्ध छ । १५ सय सीसीको नयाँ हुन्डाई क्रेटा डिजल र पेट्रोल दुबै इञ्जिन विकल्पमा उपलब्ध छ । नयाँ हुन्डाई क्रेटाको शुरुवाती मूल्य ४४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । र, टप भेरियन्टको मूल्य ७४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

बजारमा क्रेटा अभाव
हुन्डाई क्रेटाको बढ्दो आकर्षणसँगै बजारमा अभाव देखिएको शर्माभट्टले जानकारी दिए ।
‘क्रेटा खरिद गर्न आउने उपभोक्ताको संख्या उच्च छ । कम्पनीसँग स्टक छैन’, शर्माभट्टले भने, ‘डिलेभरी दिन कम्तीमा दुई महिना लाग्छ ।’

आकर्षक डिजाइन, सूरक्षित, बलियो, सार्प फिनिसिङ र बजारमैत्री मूल्य भएकाले हुन्डाई क्रेटा प्रतिउपभोक्ताको रुचि बढेको कम्पनीको दावी छ ।


क्लिकमान्डु