हिरोको इलेक्ट्रिक स्कुटर ५० हजार थान बिक्यो



काठमाडौं । हिरो इलेक्ट्रिकले सन् २०२० को बिक्रि तथ्यांक सार्वजनिक गरेको छ । हिरो इलेक्ट्रिकको एक रिर्पोटका अनुसार कम्पनीले सन् २०२० मा ५० हजार इलेक्ट्रिक स्कुटर बिक्रि गरेको छ ।

यो तथ्यांक अनुसार हिरो इलेक्ट्रिक भारतको सबैभन्दा धेरै इलेक्ट्रिक स्कुटर बिक्री गर्ने कम्पनी भएको छ ।

हिरो इलेक्ट्रिकले भारतमा आक्रमकरुपमा बजार बिस्तार गरिरहेको छ । भारतका ५०० शहरमा ६०० भन्दा धेरै डिलरसिपको साथ इलेक्ट्रिक टूह्विलर सेगमेन्टमा डिलरसिप नेटवर्क सञ्चालन गर्ने तयारीमा हिरो रहेको छ ।

हिरो इलेक्ट्रिका सीईओ सोहिन्दर गिलका अनुसार कम्पनीले इलेक्ट्रिक चार्जिङ पूर्वाधार राम्रो बनाउन गत वर्ष १५ सय नयाँ चार्जिङ स्टेशन स्थापना गरेको छ । उनका अनुसार यो वर्ष कम्पनी उत्कृष्ट उत्पादनका माध्यमबाट बिक्री बढाउने योजनामा छ ।

हिरोले प्रत्येक वर्ष साढे २ लाखभन्दा धेरै टू ह्विलर इलेक्ट्रिक बिक्रि गर्ने लक्ष्य राखेको छ । यसका लािग चार्जिङ पूर्वाधार बिस्तारसँगै आफ्नो उत्पादन क्षमता पनि बढाइरहेको छ ।

रिर्पोटका अनुसार आगामी भारतीय आर्थिक वर्षमा हिरोले बिक्री १५ प्रतिशत बढाउने छ । हिरोको इलेक्ट्रिक स्कूटर इन्धनबाट चल्ने मोटरसाइलकभन्दा अधिक किफायती र कम खर्चमा सञ्चालन हुन्छ । मर्मत सम्भारको खर्च पनि मोटरसाइलको भन्दा न्यून छ ।


क्लिकमान्डु