सिविफिनका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघले गर्यो स्वागत



काठमाडौं । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई आज परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ ।

उद्योग परिसंघको तर्फबाट सतिश कुमार मोरले उनीहरुलाई स्वागत गरे ।

अध्यक्ष मोरले परिसंघले ‘मेक इन नेपालण्ः स्वदेशी’ अभियानलाई अगाडि बढाई रहेको बताए । यस अभियानले नेपालमा स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसंघले’ अभियान शुरु गरेको बताए ।

यस अभियानमा परिसंघले नेपालका निजी क्षेत्रका अन्य संघ संस्थाहरुसँग पनि सहकार्य गर्दै अघि बढ्ने बताए ।

अध्यक्ष मोरले बैक तथा वित्तिय क्षेत्रका धेरै विषयहरु परिसंघले उठाउँदै आएको र परिसंघका सुझावहरुलाई नेपाल राष्ट्र बैंकले सकारात्मकरुपमा लिई धेरै सुझावहरुलाई मौद्रिक नीति मार्फत सम्बोधन गरेको बताए ।

उद्योग र बैंक तथा वित्ति संस्था एक अर्काको पर्याय भएकाले आगामी दिनमा पनि बैक तथा वित्तिय संस्था परिसंघ नेपालसँग उद्योग परिसंघले बैक तथा वित्तिय क्षेत्रका विषयमा सहकार्य गर्दै अघि बढ्ने बताए ।

दुबै संस्थाका बीचमा हुने ठोस सहकार्यले मात्र उद्योग र बैंकिङ क्षेत्रको दिगो विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह हुने, देशमा औधोगिकरण तथा आर्थिक विकासमा योगदान पुग्ने र राष्ट्रको अर्थतन्त्र सबल एवं सक्षम हुने बताए ।

स्वागत कार्यक्रममा बोल्दै बैक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योग परिसंघले सिविफिनका पदाधिकारीहरुलाई स्वागत एवं बधाईज्ञापन गरेकोप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सिएनआइ र सिविफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताकासाथ अगाडि बढाउने धारणा व्यक्त गरे ।

कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालन भन्दा व्यापारमा ऋण प्रवाह सहजिकरण भईरहेको प्रसंग उल्लेख गर्दै दुबै संस्था मिलेर साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा योगदान पुर्याउनु पर्ने धारणा राखे ।

कार्यक्रममा उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष श्री विष्णुकुमार अग्रवाल र उपाध्यक्ष बीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने सिविफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशव बहादुर रायमाझी र सचिव कुश प्रसाद मल्लीको उपस्थिति थियो ।


क्लिकमान्डु