इलेक्ट्रिक स्पोटर्स सेडान बीएमडब्ल्यू आई ४ इलेक्ट्रिक सार्वजनिक



काठमाडौं । बीएमडब्ल्यूले बुधबार आफ्नो इलेक्ट्रिक स्पोटर्स सेडान बीएमडब्ल्यू आई४ इलेक्ट्रिक सार्वजनिक गरेको छ । बीएमडब्ल्यू आई४ इलेक्ट्रिक ४–ढोका भएको फुल इलेक्ट्रिक सेडान हो ।

कम्पनीका अनुसार बीएमडब्ल्यू आई४ लाई स्पोर्टी एम भर्जनका साथ सन् २०२१ को अन्त्यसम्म बजारमा बिक्रिका लागि उपलब्ध गराइने छ ।

बीएमडब्ल्यू आई४ लाई ३ पावर भेरियन्टमा सार्वजनिक गरिएको छ । ईड्राइभ ३५, ईड्राइभ४० र एम५० भेरियन्ट रहेको छ । एम५० यस भेरियन्टको टप र सबैभन्दा उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कार हो ।

बीएमडब्ल्यू आई४ इलेक्ट्रिक फुल चार्जमा ५९० किलोमिटरको रेञ्ज प्रदान गर्ने क्षमता राख्छ । कारको इलेक्ट्रिक पावरट्रेन ५३० बीएचपीको अधिकतम पावर उत्पादन गर्न सक्षम छ । यो कार मात्रै ४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ ।

डिजाइनको कुरा गर्दा कारको फ्रन्टमा कम्पनीको सिग्नेचर ग्रिल लगाइएको जो निकै ठूलो छ । यो कारको डिजाइन आउँदो बीएमडब्ल्यू४ सिरिज ग्रैन कूपेबाट लिइएको हो ।

बीएमडब्ल्यू आई४ कम्पनीको पहिलो इलेक्ट्रिक स्पोर्ट सेडान कार हो । यस कारमा कम्पनीको नविन आइड्राइभ ८ अपरेटिङ सिस्टममा आधारित डिजिटल डिस्प्लेको प्रयोग गरिएको छ । कारमा १४.९ इञ्चको ठूलो टच स्क्रिन डिस्प्ले पनि दिइने सम्भावना छ ।

बीएमडब्ल्यू आईड्राइभ ८ कम्पनीको नेक्स्ट जनरेसन अपरेटिङ सिस्टम हो । बीएमडब्ल्यू आईड्राइभ ८ अपरेटिङ सिस्टममा कम्पनीको नयाँ प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सीको प्रयोग गरिएको छ ।

आइड्राइभ ८ मा नयाँ डिस्प्ले र इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिनेछ । नोभेम्बर २०२० मा सार्वजनिक गरिएको बीएमडब्ल्यू अक्साईमा यही डिस्प्ले यूनिट प्रयोग गरिएको थियो र योसँगै कम्पनीले आफ्नो केही नयाँ करामा यसलाई जारी राख्ने तयारीमा छ ।

आइड्राइभ ८ यूनिटमा ठूलो कर्व डिस्प्लेको प्रयोग गरिएको छ । यस डिस्प्ले यूनिटमा इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको डिस्प्ले एक साथ लगाइएको छ । आइड्राइभ ८ मा आर्टिफिसियल इन्टेलिजेन्सका प्रयोग गरिएको छ । जसको मद्दतले चारै दिशाको गतिविधिमा नजर राख्न सकिन्छ ।


क्लिकमान्डु