अमेरिकी खुद्रा बिक्रीमा ३ प्रतिशतको गिरावट



एजेन्सी । अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ ।

अमेरिकी बाणिज्य मन्त्रालयले मङ्गलबार सार्वजनिक तथ्याङ्क अनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो । यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन् ।

फेब्रुअरीमा अमेरिकी प्राय शहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा बिक्री कम देखिनु अन्य वर्षजस्तै यो बर्ष पनि स्वभाविक रहेको बाणिज्य मन्त्रालयका एक अधिकारीले बताए ।

विश्वव्यापी महामारीका कारण प्रभावित खुद्रा तथा अन्य व्यवसायिक गतिविधिमा सुधार आउने पूर्वानुमान विपरीत व्यवसायिक गतिविधि कम हुनुलाई अमेरिकी सञ्चारमाध्यमले प्रमुख समाचार स्रोतका रूपमा प्रकासन तथा प्रशारण गरेका छन् ।

सन् २०२० मा कोभिड–१९ का कारण अत्यधिक प्रभावित अमेरिकी व्यवसायमा अझै पनि सुधार नआउनुलाई अमेरिकी जनतामा कोभिड सङ्क्रमणको भय अझै कायम रहेको भनी कतिपय अधिकारीले बताएका छन् ।

अधिकारीहरूले महामारीविरूद्धको खोप अभियानसँगै घरायसी खर्चमा वृद्धि हुने र यसबाट व्यवसायहरूलाई राहत मिल्ने बताएका भएपनि अझै अपेक्षाकृत नतिजा आउन नसकेको उनीहरूको दावी छ ।तथ्याङ्कले कार, फर्निचर, विद्युतीय सामान जनवरीमा ७।६ प्रतिशत विक्री प्रवद्र्धन भएपनि फेब्रुअरीमा अन्य थुप्रै सूचीहरूमा फराकिलो गिरावट पुष्टि गरेको छ ।


पुष्प दुलाल