विदेशी लगानी उल्लेख्य रुपमा घट्यो



काठमाडौं । नेपालमा आउने विदेशी लगानी उल्लेख्य रुपमा घटेको छ । चालु आवको ७ महिनासम्मको तथ्यांक हेर्दा खुद प्रत्यक्ष विदेशी लगानी ३७.३ प्रतिशतले घटेको छ ।

समीक्षामा अवधिमा विदेशी लगानी घटेर ९ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३८ करोड रहेको थियो ।

त्यसैगरी पुँजीगत ट्रान्सफर यस अवधिमा ५.७ प्रतिशतले कमी आई रु.७ अर्ब ८३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३८ करोड रहेको थियो ।


क्लिकमान्डु