भारतमा निर्मित जीप रैंगलर मार्च १७ मा सार्वजनिक हुने



काठमाडौं । करिब एक महिनाअघि अमेरिकी सवारी निर्माता कम्पनी जीप इन्डियाले ‘मेड इन इन्डिया’ जीप रैंगलरलाई सन् २०२१ मार्च १५ मा भारतमा आधिकारिक रुपमा सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

अहिले कम्पनीले जीप रैंगलर सार्वजनिक गर्ने मिती दुई दिनपछि सारेको छ । जीप रैंगलर अब मार्च १७ मा सार्वजनिक गरिनेछ । भारतीय उपभोक्ताले कम्पनीको आधिकारिक वेवसाइट वा डिलरबाट जीप रैंगलर बुक गर्न सक्नेछन् ।

जीप इन्डियाले भनेका छ, ‘केही प्राथमिकताका कारण स्थानीय रुपमा एसेम्बल जीप रैंगलरको मूल्य अब बुधबार १७ मार्च ११ः४५ बजे पर्दा उठाइनेछ । हामी यस असुविधाका लागि माफी माग्छौं ।’

जीप रैंगलर कम्पनीको चार भारतीय उत्पादनमध्ये एक हो । कारमा अपडेटेड क्याबिनका साथ पुन डिजाइन गरिएको ड्यासबोर्ड लेआउट, ८.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, यूकनेक्ट ४ सी एनएभी कनेक्टेड टेक्नोलोजी छ ।

भारतमा जीपका गाडी एसेम्बल हुनु अघि आयात गरेर बिक्रि गर्ने गरिन्थ्यो । हालसम्म जीप रैगलरको पावरट्रेनको बारेमा धेरै जानकारी बाहिरिएको छैन । तर यसमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन हुने सम्भावना छ । यो इन्जिनले २६२ एचपी पावरमा ४०० एनएम टर्क उत्पादन गर्छ ।–एजेन्सी


क्लिकमान्डु