हुन्डाई अल्काजार ७ सिटर अप्रिल ६ मा भारतमा सार्वजनिक हुने



हुन्डाई अल्काजार ७ सिटर सन् २०२१ अप्रिल ६ मा भारतमा सार्वजनिक हुने भएको छ ।

अल्काजारसँगै हुन्डाईले भारतीय बजारमा ७ सिटर एसयूभी उपस्थिति जनाउने भएको छ । अल्काजारको प्रतिस्पर्धा टाटा सफारी, एमजी हेक्टर प्लस र महिन्द्रा एक्सयूभी५०० हुनेछ । अल्काजार ७ सिटर भारतमा निर्माण भएको हो ।

क्रेटाको दोस्रो जेनेरेसनको कारको रुपमा लिइएको छ । अल्काजारको धेरै विशेषता क्रेटासँग मेल खान्छ । अलो ह्विल र रिस्टाइल टेल ल्याप भने फरक देख्न सकिन्छ ।

हुन्डाई मोटर इन्डियाले अल्काजार ६ सिटर र ७ सिटर भेरियन्टमा उपलब्ध छ । अल्काजारमा एप्पल कार प्ले र एन्ड्रोइड अटो–रेडी टच स्क्रिन इन्फोटेनमेन्ट स्टिम, मल्टी कन्ट्राृल क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, भेन्टिलेटेड सिट र पानारोमिक सन रुफ लगायत फिचर छन् ।

रिर्पोटका अनुसार हुन्डाई अल्काजारमा क्रेटाको इन्जिन र ट्रान्समिसन पाउन सकिन्छ । अल्काजार ३ पावरट्रृेन विकल्पमा उपलब्ध छ । १.४ लिटर कप्पा टर्बो–जीडीआई पेट्रोल (१४०पीएस र २४२एनएम) मा ७ स्पिड डीसीटीअटोमेटिक, १.६ लिटर एमपीआई पेट्रोल (११५ पीएस र १४४ एनएम) मा ६ स्पिड एमटी/आईभीटी अटोमेटिक र १.५ लिटर यू२ सीआरडीआई डिजेल (११५पीएस र २५०एनएम) मा ६ स्पिड एमटी÷६ स्पिड एटी छ ।


क्लिकमान्डु