नयाँ वर्षको अवसरमा बजाजको शून्य अफर योजना



काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को लागि नयाँ योजना ल्याएको छ ।

नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ, जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ ।

यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएस मार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नुहुनेछ । अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् ।

यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै हो ।


क्लिकमान्डु