दुई नयाँ इञ्जिनमा ल्यान्ड रोभर डिफेन्डर



ज्यागुआर ल्यान्ड रोभरले भारतमा प्रसिद्ध अफ-रोड एसयूभी ल्यान्ड रोभर डिफेन्डरलाई २ नयाँ शक्तिशाली इञ्जिनका साथ सार्वजनिक गरेको छ ।

कम्पनीले भारतमा पेट्रोल र डिजल इञ्जिनमा सार्वजनिक गरेको हो । यो कारमा ३ लिटर ६ सिलिण्डर टर्बोचार्ड यूनिट जडान गरिएको छ ।

यो इञ्जिनले कारलाई आफ्नो सेगमेन्टको सबैभन्दा शक्तिशाली कार बनाएको कम्पनीको दावी छ । ल्यान्ड रोभर डिफेन्डर यसअघि पेट्रोल पावरट्रेन इञ्जिनमा उपलब्ध थियो ।

ल्यान्ड रोभर डिफेन्डर एसयूभी डिजल ४ भेरियन्टमा उपलब्ध छ । एसई, एचएसई, एक्स–डानामिक एसएसई र एकसमा ल्यान्ड रोभर डिफेन्डर डिजल उपलब्ध छ ।

यो इञ्जिनले ४००० आरपीएममा ३०० एचपी र १५००–२५०० आरपीएममा ६५० एनएम टर्क उत्पादन गर्न सक्छ । नयाँ डिजल इन्जिन ६.७ सेकेन्डमा शून्यदेखि १०० किमीको गति लिन सक्षम छ । यस कारको उच्च गति १९१ किमी प्रतिघण्टा छ ।

दोस्रो नयाँ ३.० लिटर टर्बोचार्ज पेट्रोल यूनिटले ४०० एचपी पावर र ५५० एनएम टर्क उत्पादन गर्न सक्षम छ । कम्पनीले दुबै कारमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन दिएको छ ।

यो फोर ह्विल ड्राइभ कार हो । यस कारमा माइल्ड हाइब्रिड प्रविधिको सुविधा पनि छ । यो नयाँ इञ्जिनसँगै ल्यान्ड रोभर डिफेन्डर तीन इञ्जिनमा उपलब्ध भएको छ । यो भन्दा अघि २ लिटर टर्बोचार्ज पेट्रोल यूनिटमा सार्वजनिक गरिएको थियो । उक्त इञ्जिनले ३०० एचपी पावर प्रदान गर्थ्यो

डिफेन्डर ३.० लिटर टर्बोचार्ज डिजल यूनिटको शुरुवाती मूल्य ९४ लाख ३६ हजार भारु (एक्स शोरुम दिल्ली) छ । टप भेरियन्ट एक्सको मूल्य १ करोड ८ लाख भारु तोकिएको छ ।

डिफेन्डर ३.० टर्बोचार्ज पेट्रोल यूनिटको मूल्य ८६ लाख २४ हजार भारुबाट शुरु हुन्छ । टप–एण्ड भेरियन्टको शुरुवाती मूल्य ९२ लाख ८० हजार भारुबाट शुरु हुन्छ ।- एजेन्सी


क्लिकमान्डु