आयल निगमका हाकिम भन्छन्- पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा हाम्रो हात छैन



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ ।

आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठुलो भुमिका नहुने बताए ।

आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने बताए ।

बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र ब्यबस्थापनको खर्च धान्ने विषय मुल्य सँग नजोडिने बताए । आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अबस्था नरहेको पनि बताए ।

प्राकृतिक हिसाबले मुल्य घटबढ हुने भएकाले मुल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाइ छ ।

हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिल्यै महंगो छैन, हामीले जुन प्राइसमा किन्छौ त्यो महंगो हालेर हामीले किनेको छैनौं त्यो हामी सबैले बुझिदिनुपर्छ । निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यो चिजपनि आजको दिनसम्म पेट्रोलियम पद्धार्थ विक्रि गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ, त्यो चिजले गर्दा पेट्रोलियम पद्धार्थको मुल्यमा कुनैपनि असर आउँदैन । यो मुल्य बढ्नमा सरकारको, निगमको कुनैपनि ठुलो भुमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ,’ पौडेलले भने ।

आयल निगमले मुल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्रि गरेको पनि उनले बताए ।

मुल्यवृद्धि लामो समयसम्म रहे ठुलै लेभलको मुल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।

‘यो मुल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि पोइन्टमा आएर चाहीँ ठुलो लेभलको मुल्य समायोजन गर्ने परिस्थिति हुन्छ,’ उनले भने ।

हाल निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ र खाना पकाउने एल पी ग्याँसको मुल्य १४ सय रुपैयाँ कायम गरेको छ ।


पुष्प दुलाल