पाटन दरबारलाई हिमालयन बैंकको १ करोड सहयोग



काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणका लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई १ करोड रुपैयाँ प्रदान गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहितकुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक राणा, महाप्रबन्धक सुशील जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रस्टका सञ्चालक प्रतिमा पाँडे उपस्थिति थिए ।

बैंकले स्थापनाकालदेखि नै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकालाई सहयोग, सांस्कृतिक सम्पदाको संरक्षण एवम् पुनःस्थापना वित्तीय साक्षरतालगायत क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।

 


पुष्प दुलाल