१०० अर्ब डलरको क्लबमा उक्लिए बारेन बफेट



एजेन्सी । १०० अर्ब डलर बराबरको सम्पत्तिको क्लबमा अर्का एक सदस्य थपिएका छन् । त्यसरी थपिने व्यक्ति हुन वारेन बफेट । अमेजनका जेफ बेजोस, टेस्लाका एलन मस्क तथा माइक्रोसफ्टका बिल गेट्स पनि उक्त सुचीमा समावेश छन् ।

९० वर्षीय बफेट अमेरिकी लगानीकर्ता कम्पनी वर्कसायरका हाथवेका अध्यक्ष हुन् । यस वर्ष अमेरिकी रारजय नेब्राक्सको ओहामा रहेको कम्पनी वर्कसायर हाथवेको सेयरमा उछाल आएपछि उनको उचाई बढेको हो । लगानीको संसारका बफेटलाई सम्मान दिइदै ओरेकल अफ ओहामा भनिदै आएको छ ।

यही बुधबारको बिहान बफेटको सम्पत्तिको कूल भ्याल्यू १०० अर्ब डलर पार गरेर १००.४ अर्ब डलर माथि पुगेको थियो । संसारका सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा बफेट विगत १० वर्षदेखि सामेल छन् । तर उनको सम्पत्तिको भ्याल्यू भने यसअघि कहिल्यै पनि १०० अर्ब डलर माथि पुगेको थिएन ।

सन् २००६ मा बफेटले आफनो सम्पत्ति बिल एण्ड मेलिन्दा फाउण्डेशन तथा ४ पारिवारिक च्यारिटी संगठनलाई दान दिन शुरु गरेका थिए । उनले सोही कारण १०० अर्ब डलर बराबरको नेटवर्थ हासिल गर्न पाएनन् । उन्ले कूल ३७ अर्ब डलर बराबरको सम्पत्ति दान दिएका थिए ।

पहिले वर्कसायरमा उनको एक तिहाई हिस्सेदारी थियो । सम्पत्ति दान गरेपछि अब कम्पनीमा बफेटको हिस्सेदारी मात्रै १७ प्रतिशत रहेको छ । यदि उनको सम्पत्तिको दान नगरेको भए, उनको नेटवर्थ अहिले १९२ अर्ब डलर बराबर हुन पुग्थ्यो । यस वर्ष मात्रै बफेटको सम्पत्ति करिब ११ अर्ब डलर बराबरले बढेको छ ।


पुष्प दुलाल