एनआइसी र प्रभु आक्रमक, स्ट्याण्डर्ड चार्टर्ड सुस्त, ८ महिनामा कुन बैंकको बिजनेश कति ? (सूचिसहित)



काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि फागुन अन्तिम साता अर्थात् करिब ८ महिनामा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ३ खर्ब ३२ अर्ब ७४ अर्ब रुपैयाँ निक्षेप र ४ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ कर्जा थप गरेका छन् ।

०७७ असार मसान्तमा ३४ खर्ब ८९ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले फागुन तेस्रो सातासम्ममा ३८ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ पुर्याएका छन् ।

त्यसैगरी, ०७७ असार मसान्तमा रहेको कर्जा बढाएर फागुन तेस्रो सातासम्ममा ३३ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ पुर्याएका छन् ।

यो अवधिमा सबैभन्दा धेरै निक्षेप र कर्जा बढाउने बैंकहरुको सूचिमा परेको छ एनआइसी एशिया बैंक । यो बैंकले करिब ८ महिनाको अवधिमा ७१ अर्ब २६ करोड रुपैयाँले निक्षेप बढाएको छ भने ७६ अर्ब ३० करोड रुपैयाँले कर्जा बढाएको छ ।

त्यसैगरी, निक्षेप बढाउने सूचीमा दोस्रोमा प्रभु र तेस्रोमा ग्लोवल आइएमइ बैंक रहेका छन् । यो अवधिमा प्रभुले २९ अर्ब ४२ करोड रुपैयाँले र ग्लोवल आइएमइले २९ अर्ब ३५ करोड रुपैयाँले निक्षेप बढाएका छन् ।

यो अवधिमा धेरै कर्जा बढाउनेको सूचिमा नविल बैंक छ । नविल बैंकले यो अवधिमा ३३ अर्ब ८१ करोड रुपैयाँले कर्जा बढाएको छ । कर्जा बढाउनेको तेस्रो नम्बरमा प्रभु बैंक परेको छ । प्रभुले यो अवधिमा ३२ अर्ब २१ करोड रुपैयाँले कर्जा बढाएको छ ।

यस अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बिजनेश भने निकै कमजोर देखिएको छ । ८ महिनाको अवधिमा यो बैंकको निक्षेप १४ अर्ब २५ करोड रुपैयाँले घटेको छ भने कर्जा ५ अर्ब ५० करोड रुपैयाँले बढेको छ । 


पुष्प दुलाल