नयाँ मूल्य सूचीसहित टाटाका ५ वटा कार सार्वजनिक



काठमाडौं । टाटाका बीएस६ इञ्जिनयुक्त ५ नयाँ कार नेपाली बजारमा सार्वजनिक भएका छन् । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले मंगलबार ती कार सार्वजनिक गरेको हो ।

टाटाका नेक्सन, टिगोर, टियागो, अल्ट्रोज र एच५ गाडी नेपाली बजारमा उपलब्ध भएका छन् । नयाँ इञ्जिनमा आएसँगै यी गाडीको नयाँ मूल्यसूची समेत सार्वजनिक गरिएको छ ।

टाटा नेक्सन एसयूभी विभिन्न ७ भेरियन्टमा उपलब्ध भएको छ । यसको मूल्य ३९ लाख ९५ हजार देखि ५२ लाख ५५ हजार रुपैयाँसम्म छ ।

त्यसैगरी टिगोर सेडान विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ३२ लाख ५० हजार देखि ३९ लाख ९५ हजार रुपैयाँसम्म तोकिएको छ ।

टियागो ह्याचब्याक विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य २८ लाख देखि ३७ लाख १५ हजार रुपैयाँ सम्म छ । प्रिमियम ह्याचब्याक अल्ट्रोज एउटा भेरिएन्टमा मात्र उपलब्ध छ । यसको मूल्य ३५ लाख ५० हजार रुपैयाँ छ ।

टाटा एच५ विभिन्न ३ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ८४ लाख ९९ हजार देखि ८९ लाख ९० हजार रुपैयाँसम्म छ ।

टाटा मोटर्सले यी कारलाई ‘न्यु फरएभर रेन्ज’ भनेको छ । गाडी लन्चिङ कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेइकलतर्फका इन्टरनेसनल बिजनेस हेड मायांक बाल्डी, सिप्रदी कम्पनिजका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा, निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र अन्य विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

सिप्रदी ट्रेडिङले शुरुवाती बुकिङ गर्ने १०० ग्राहकलाई विशेष अफर गरेको थियो । कम्पनीले शुरुमा बुकिङ गर्ने ग्राहकलाई आइफोन १२, आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा र निःशुल्क जेन्युइन एसेसरिजहरु दिने घोषणा गरेको थियो ।


क्लिकमान्डु