यी हुन चाडपर्व फोटो प्रतियोगिताका छनोट भएका उत्कृष्ट ५ फोटोहरू



काठमाडौं । चाडपर्वको समयमा विगतका दिनहरुमा जस्तो आत्मियसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशिलता समीश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी छनोट गरिएकोे छ ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत पठाउन आह्वान गरिएको थियो ।

कूल प्राप्त ६८७ फोटोहरु मध्येबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ । विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत् देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको छ‘ बताए ।

नेपाल पर्यटन बोर्डले पाँच वर्षअघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो ।

फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी ५ वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइन रुपमा भइरहेको छ ।

यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्नेछन् ।

उत्कृष्ट फोटोहरु चयन सम्बन्धमा जानकारी https://photonepal.travel/blog/top-five-images-from-festival-of-nepal लिङ्क मा रहेको छ ।

शाम्दे शेर्पा

रोबिक उपाध्याय

उमेश स्थापित

अमन शाही

मिथुन कुँवर


क्लिकमान्डु