फागुनका ३ सातामा बैंकहरुको बिजनेशः ३७ अर्बले निक्षेप र कर्जा ७१ अर्बले बढ्यो
काठमाडौं । फागुन लागेपछि बैंकहरुले आक्रमकरुपमा कर्जा विस्तार गरेका छन् । कोरोना महामारीका कारण लामो समय खासै बढ्न नसकेको कर्जा पछिल्ला दिनहरुमा उल्लेख्य मात्रामा बढ्न थालेको छ ।
फागुनका ३ सातामा मात्रै वााणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । जबकी यो अवधिमा ३७ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ ।
राष्ट्र बैंकका अनुसार माघ ३० गते बैंकहरुले ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फागुन २१ गतेसम्म आइपुग्दा निक्षेप बढेर ३८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।