नेपाल आउँदै मोटरसाइकल ब्राण्ड जोङसेन, ब्राण्ड एम्बेसडरमा ‘कक्रोज’



काठमाडौं । चिनियाँ मोटरसाइकल ब्राण्ड जोङसेनका उत्पादन नेपाल आउने भएको छ । रिजोन मोटर प्रालिले जोङसेन ब्राण्डका मोटरसाइकल नेपाल ल्याउने घोषणा गरेको हो ।

कम्पनीका अनुसार जोङसेन मोटरसाइकल असारदेखि नेपालमा बिक्री शुरु हुनेछ ।

हाल कम्पनीले प्रविधिक कामहरु गरिरहेको छ भने, चाँडै नै नेपालका विभिन्न सहरहरुमा शोरुमसमेत स्थापना गर्ने कम्पनीको योजना छ ।

पहिलो चरणमा २ मोडलका मोटरसाइकल र एक मोडलको स्कुटर नेपालीबजारमा विक्री शुरु गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले दोस्रो चरणमा थप ४ मोडलका स्कुटर तथा मोटरसाइकल नेपाल ल्याउने जनाएको छ । केही समयपछि इलेक्ट्रिक स्कुटरसमेत नेपाल ल्याउने कम्पनीको तयारी छ ।

कम्पनीका अनुसार जोङसेनका २ लाखदेखि ८ लाखसम्मका मोटरसाइकल नेपाल भित्रने छन् । जोङसेन मोटरसाइकल हाल विश्वका ८० भन्दा धेरै देशमा बिक्री भइरहेको छ भने चिनियाँ टप ५ उत्पादकमध्ये एक भएको कम्पनीको दावी छ ।

रिजोन मोटर्सले बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै यसको पार्टस् तथा सर्भिस सेन्टरको निर्माण तथा बिस्तारको काम शुरु गरिसकेको छ ।

कम्पनीले जोङसेन मोटरसाइकलको ब्राण्ड एम्बेसडरमा हास्य कलाकार हरिष निरौला ‘कक्रोज’लाई नियुक्त गरेको छ ।


क्लिकमान्डु