हुन्डाई भेन्यूका २ मोडेल नेपालमा, कति पर्छ मूल्य ?



काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरेको छ । १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजी जसको ८३ पीए/६०० आरपीएमको पावर रहेको छ ।

त्यसैगरी, १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजि जसको पावर १२० पीएस/६००० आरपीएमको रहेको छ । यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एस प्लस ४४ लाख ५६ हजार र हुन्डाई भेन्यूू आईएमटी ४४ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, ट्रन सिग्नल्स् भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सज्जित छ ।

यसको आर १५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू १.२ एस प्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिकरुपमा गरिएको छ, जसअन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेकट सहितको एलइडी डीआरएल लाइट विशेष छन् ।

इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ । सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभव गर्न पाईन्छ । उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लसमा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् । जसले हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लसलाई एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ ।

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस थपविशेषताहरुमा वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसिभेन्ट रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका देशभरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु छन् । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।


क्लिकमान्डु