अप्रिलिया एसएक्सआर १६० नेपालमा



काठमाडौं । अप्रिलिया एसएक्सआर १६० नेपालमा बिक्री शुरु भएको छ । पियाजियो र एमभी दुगड गु्रपले अप्रिलिया एसएक्सआर १६० शुरु गरेको हो । अप्रिलिया एसएक्सआर १६० को मूल्य चार लाख ९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पियाजियो इंडियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरे ।

अप्रिलिया एसएक्सआर १६०ले अप्रिलियाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ । एकल सिलिन्डर,४-स्ट्रोक, एयर–कूल्ड,३ भल्भ फीउल ईन्जेक्शन (एफआई), कम कार्वन इमिसन इन्जिन टेक्नोलोजी बीएस-६ इन्जिनमा उपलब्ध छ ।

यो इन्जिनले ७१०० आरपीएममा ११ पीएसको पीक पावर उत्पादन गर्दछ । उत्तम सवारी अनुभव र उच्च स्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सीटहरू रचना गरेको छ ।

सलक्क बडी ज्यामितीय रूपरेखा र उच्च शिल्प कौशलले अप्रिलिया एसएक्सआर १६० को गतिशील प्रीमियम अपील प्रतिबिम्बित गर्दछ । स्कूटर १२ भोल्ट, ५.० एचएमएफ ब्याट्री छ । ७ लिटर इन्धन क्षमता ठूलो ट्याक्की छ ।


पुष्प दुलाल