१० मेगावाट क्षमताका रुग्ण जलविद्युत् आयोजनालाई पनि पुनरकर्जा दिइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा रुग्ण अवस्थामा रहेका जलविद्युत् आयोजनालाई पनि पुनरकर्जा दिने भएको छ । लामो समयदेखि आफूहरु समस्यामा रहेको भन्दै रुग्ण जलविद्युत् आयोजनाका प्रवद्र्धकले दबावमूलक कार्यक्रम गर्दै आएका थिए ।

रुग्ण आयोजनाका प्रवद्र्धकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय। विद्युत् नियमन आयोगलगायतसँग पनि आफूहरुको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सोही आग्रह बमोजिम नै नेपाल राष्ट्र बैंकले उनीहरुको माग सम्बोधन गरेको हो ।

नेपाल राष्ट्र बैंकले पुनरकर्जाको कार्यविधिमा थप गरी १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई समेत पुनरकर्जा दिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनाको हकमा पुनरकर्जा आवश्यकता सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको सिफारिशमा उपलब्ध गराउने उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनामा प्रदान गरिएका कजाृलाई समेत त्यसमा समावेश गसिरएको छ । जलविद्युत् परियोजना समस्यामा परेको र आफूहरु पीडित भएको भन्ने ऊर्जा उद्यमीको माग बमोजिम नै पहिलो पटक पुनरकर्जा पाउने व्यवस्था गरेको हो । झण्डै ३५ वटा आयोजनाका प्रवद्र्धनले आफूहरु रुग्ण अवस्थामा पुगेको दावी गर्दै आएका छन् ।


पुष्प दुलाल