पाटाको साधारण सभा सम्पन्न, दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाईफटाइम अचिभमेन्ट’ अवार्ड



काठमाडौ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारण सभा कोभिड–१९पछिको नयाँ परिवेशमा हस्पिटालिटी पार्टनर–पार्क भिलेज रिसोर्ट, एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, र हाइजिन पार्टनर आइक्लिन टेक्नोलोजीको विशेष सहयोगसहित काठमाडौँको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा भव्यताकासाथ सुसम्पन्न भएको छ ।

कोभिड–१९ का कारण सिर्जित विषम् परिस्थिति र चुनौतीले थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धन अभियानमा नेपाली ‘सेलिब्रेटी’ सेफ सन्तोष साहले पु।्याएको अतुलनीय योगदानको सम्मान स्वरुप पाटा नेपालले साधारणसभाको प्रमुख वक्ताको रुपमा सेफ साहलाई नेपाल आमन्त्रण गरेको थियो ।

सेफ साहले बेलायतको प्रतिस्ठित बिबिसी मास्टरसेफ द प्रोफेसनल्स् २०२० को उपविजेताको रुपमा नेपालको रैथाने खानालाई प्रसिद्ध एवम् आकर्षक खानाको रुपमा विश्वव्यापी प्रवद्र्धन एवम् प्रमाणिकरण गर्न अतुलनीय भूमिका निर्बाह गरेका थिए ।

कार्यक्रमको प्रमुख वक्ताको रुपमा बोल्दै सेफ साहले नेपाललाई कोभिड–१९ पछिको परिवेषमा स्वास्थ्य सुरक्षा एवम् संस्कृति र खानाको आकर्षक गन्तव्यको रुपमा पहिचान स्थापित गराउन नेपालको निजी तथा सार्वजनिक पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी तथा सरोकारवालाहरुलाई खाद्य स्वच्छता एवम् गुणस्तरीय आवास सुनिश्चितता गरी प्रमुख दुईवटा पक्षमा विशेष जोडदिन अनुरोध गर्नुभयो र फलस्वरुप पर्यटन स्रोत बजारमा अवस्थित पर्यटकहरुको विश्वास र भरोसा जित्न सकिने बताए ।

साधारण सभाको औपचारिक समारोहवीच निम्न पाटा नेपाल विशेष ४ वटा अवार्डहरु प्रदान गरिएको थियो ।

पाटाले नेपाली पर्यटनमा अतुलनीय योगदान पुर्याएका पर्यटनकर्मी, पूर्वपर्यटन सचिव तथा नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाईफटाइम अचिभमेन्ट’ अवार्ड पदान गरेको छ ।

पहिलो पटक ‘टुरिजम ट्रेल ब्लेजर’ अवार्ड शुरुवात गर्दै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीलाई उनले प्रशान्त एशिया क्षेत्रको दिगो पर्यटन विकासका उक्त अवार्ड पदान गरेको छ ।

पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टलाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२० अवार्ड प्रदान गरेको छ ।

वर्तमान परिप्रेक्षमा नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएको भन्दै सेफ सन्तोष साहलाई पाटा पर्सनालिटी अफ द ईयर २०२० अवार्ड प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष विभुती चन्द ठाकुरले स्वागत मन्तब्य राख्दै वर्तमान समयमा नेपाली पर्यटन क्षेत्रको छिटो, सशक्त र जिम्मेवारपूर्ण पुनरोत्थानका लागि अनिर्वाय क्वारेन्टिनको व्यवस्था हटाउने, अनअराइभल भिषा तथा पिसीआर चेकजाचको व्यवस्था, कोभिड विरुद्धको खोप लगाएका यात्रुहरुको यात्रा सहजिकरण, स्वास्थ्य सुरक्षा तथा स्वच्छता र अन्य समसामकिय तालीमहरुको सञ्चालन, सुरक्षा मापदण्डको पालना र अनुगमन संयन्त्रको व्यवस्था, राष्ट्रिय क्षेत्रीय तथा अन्तराष्ट्रिय रुपमा साझेदारी एवम् समन्वय तथा गन्तव्य प्रवद्र्धन इत्यादी जस्ता पर्यटन क्षेत्रले तत्काल सम्बोधन तथा आत्मसाथ गर्नुपर्ने महत्वपूर्ण १० वटा विषयहरु प्रस्तुत गरेका थिए । उनले पाटा नेपालले २०२१ मा आयोजना गर्ने प्राथमिक कार्यक्रम तथा पहलको बारेमा प्रकाश पार्दै सम्पूर्ण पर्यटन क्षेत्रमा आवद्ध व्यक्ति सङ्घ संस्था तथा सरोकारवाला निकायहरुलाई एकबद्ध भई काम गर्न अनुरोध गरे ।

नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले सम्पूर्ण अवार्ड तथा सम्मान प्राप्त गर्नुभएका व्यक्तित्वहरुलाई वधाई ज्ञापन गर्दै नेपाल पर्यटन बोर्ड पर्यटन निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पुनरुत्थान, प्रवद्र्धन र विकासका लागि सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धनमा पाटा नेपालले निरन्तर रुपमा निर्बाह गरेको भूमिका उल्लेखनीय एवम् प्रसंशनीय भएको बताउँदै यस संस्थाले आगामी दिनहरुमा आयोजना गर्ने पर्यटन पुनरुत्थान, प्रवद्र्धन र दिगो पर्यटन विकासका कार्यक्रमहरुमा मन्त्रालयको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

समारोहका प्रमुख अतिथि माननीय संस्कृति, पयृटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले सीमित स्रोत साधनका बावजुद विवादरहित संस्थाका रुपमा पाटा नेपालले स्वतस्फुर्त रुपमा पर्यटन प्रवद्र्धन र विकासका लागि गरेका कार्य तथा भूमिकाहरु प्रसंशनीय र प्रेरणादायी रहेको बताए ।

पर्यटनमन्त्री ढकालले पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र संस्थाद्वारा प्रस्तुत मुख्य विषयहरुमा छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु