नारायणगढ-मुग्लिन एक सातासम्म आंशिकरुपमा बन्द हुने



काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतको काम गर्नका लागि एक साताका लागि आंशिकरुपमा बन्द हुने भएको छ ।

स्लोप प्रोटेक्सनका लागि काम गर्नुपर्ने भएकाले एक साताका लागि आंशिक रुपमा सवारी आवगमन बन्द हुने नारायणगढ–मुग्लिन सडक योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

नारायणगढ–मुग्लिनमा पर्ने ३३ किलोमिटर सडक खण्डमा स्लोप प्रोटेक्सनको काम हुनेछ । उनका अनुसार फागुन २३ गतेदेखि एक सातासम्म दिउँसोमा सवारी साधन आवगमन आंशिक रुपमा बन्द गरी काम गरिनेछ ।


क्लिकमान्डु