कर्मचारी सञ्चय कोषमा खुल्यो १९ जनाका लागि जागिर



काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जनाका लागि जागिर खुलाएको छ । कोषले शुक्रबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

कोषले प्रबन्धक पदमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र महिला एक जना, उपप्रबन्धक (कम्प्युटर इन्जिनियर) तर्फ एक जना खुला र एक जना महिला, सहायक प्रबन्धकतर्फ खुला ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेसी एक जना, पिछडिएको क्षेत्र १ जना र सहायक प्रबन्धक (कानूनतर्फ खुलामा एक जना माग गरेको छ ।

कोषका अनुसार उक्त विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु