नेप्सेले माग्यो ९ जना कर्मचारी, कसरी दिने आवेदन ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

नेप्सेले आन्तरिकतर्फ प्रबन्धक पदका लागि एक जना, सहायक प्रबन्धकमा ३ जना माग गरेको छ । त्यसैगरी खुलातर्फ सहायक प्रबन्धकमा एक जना महिला, अधिकृत (प्र)मा एक २ जना खुला र एक जना महिला र आइटी अधिकृतमा खुलामा एक जना कर्मचारी माग गरेका छ ।

योग्यता पुगेका इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त दिनेले नेप्सेको वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु