इन्धनको मूल्य बढेपछि हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति ?



काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै संघले पनि विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो । त्यसपछि संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ हवाई भाडा कायम गरेको हो । हवाई भाडा बढाउनका लागि नागरिक उड्डयन प्राधिकरणले पनि स्वीकृति दिइसकेको छ ।

संघले विभिन्न १०० वटा गन्तव्यका लागि न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म हवाई भाडा वृद्धि गरेको छ । सबैभन्दा बढी २२० रुपैयाँ भाडा काठमाडौं-धनगढी उडानका लागि बढाएको छ भने सबैभन्दा कम डोटी-साँफेबगर रुटको लागि २० रुपैयाँ भाडा बढाएको हो ।

संघले बढाएको विभिन्न गन्तव्यको यस्तो छ भाडादर


क्लिकमान्डु