नेपालबाट निर्यात हुने मुख्य १० भन्सार



काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामोसम्म आयात निर्यातमा भएको प्रभावित भएको भन्सार नाका पछिल्लो समय खुल्दै गएको छ । यस्तै, चीनतर्फको भन्सार नाका पनि विस्तारै सहज हुँदै गएको अवस्था छ । तर, आयातमा भन्सार सहज भए पनि निर्यात भने खासै सहज हुन सकेको छैन् ।
तर, नेपालमा निर्यात भने बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । नेपालमा आयात तथा निर्यातका लागि २४ वटा भन्सार नाका रहेका छन् । तीमध्ये चालु आवमा १३ वटा भन्सारबाट वस्तु तथा सेवा निर्यात गरेको छ भने बाँकी ११ वटा नाकाबाट कुनै पनि वस्तु तथा सेवा निर्यात हुन सकेको छैन ।

निर्यात गर्ने मुख्य १० भन्सार
आर्थिक वर्ष २०७७÷७८ को माघ महिनासम्मको तथ्यांक हेर्दा नेपालमा भएको भन्सारमध्ये सबैभन्दा बढी निर्यात गर्ने भन्सार वीरगञ्ज रहेको छ । वीरगञ्ज भन्सारले मात्रै निर्यात ३२ प्रतिशत ओगटेको छ । जसमा चालु आवको सात महिनाको अवधिमा उक्त भन्सारबाट २२ अर्ब ३८ करोड ५४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।
त्यस्तै, विराटनगरबाट १७ अर्ब ७६ करोड ३५ लाख, अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ अर्ब २२ करोड ९२ लाख, मेचीबाट ७ अर्ब ९५ करोड ६५ लाख, भैरहवाबाट ३ अर्ब ३३ करोड ४२ लाख, नेपालगञ्जबाट १ अर्ब ३८ करोड ४७ लाख, ड्राइपोर्टबाट १ अर्ब ३४ करोड १२ लाख, कैलालीबाट २६ करोड ७७ लाख, कृष्णनगरबाट १३ करोड ५० लाख र सुठउलीबाट ८ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।


क्लिकमान्डु