गत वर्षको आर्थिक वृद्धिदर १.१९ प्रतिशत नकारात्मक, जीडीपी ३९ खर्ब ४३ अर्ब पुग्यो



काडमाडौं । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक भएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत् उक्त तथ्य सार्वजनिक गरिएको हो ।

यसअघि २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो । विभागका अनुसार मुलुकको कुल जीडीपी ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी विभागले आर्थिक वृद्धिको मापन वर्ष समेत परिवर्तन गरेको छ । यसअघि सन् २०००/२००१ लाई मापन वर्ष मानेर आर्थिक वृद्धिदर कायम हुने गरेकोमा अब वर्ष २०१०/२०११ लाई मापन वर्ष मानिनेछ । यसो गर्दा मुलुकको जीडीपीको आकार पनि बढ्ने छ ।

विभागले अन्तर्राष्ट्रिय मापदण्ड र सिद्दान्तका आधारमा नै मापन वर्ष परिर्वतन गरिएको जानकारी दिएको छ ।

नेपालमा राष्ट्रिय लेखा अनुमानहरु सन् १९६२/६२ देखि शुरु गरिएको हो । नेपालले विगतमा सन् १९६४/६५, १९७४/७५, १९९४/९५ र २०००/२००१ लाई आधार वर्ष तय गरेको थियो । हाल यो आधार वर्ष परिवर्तन गरी सन् २०१०/११ लाई नयाँ आधार वर्ष कायम गरिएको विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु