नेप्सले समयमै सिस्टम अपग्रेड नगराउँदा १५ बैंकको सेवा अवरुद्ध



काठमाडौं । मंगलबार मध्यराति २ बजेदेखि १५ वटा बैंकका एटीएम चलेनन् । नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टममा समस्या आउँदा सिस्टममा आवद्ध बैंकको एटीएमबाट ग्राहकले पैसा निकाल्न पाएनन् ।

नेप्सले समयमै सिस्टम अपग्रेड गराउन नसक्दा आवद्ध बैंकहरुको एटीएम सेवा  प्रभावित भएको हो । सिटस्म अपग्रेड गराउँदा नेप्समा आवद्ध १० वाणिज्य बैंक र ५ विकास बैंकको एटीएम सेवा राति २ बजेदेखि यो सामाचार तयार पार्दासम्म अवरुद्ध नै छन् ।

सिस्टममा नयाँ फिचरहरु राख्नु पर्ने भएको हुँदा सिस्टम अपग्रेड गर्दा समय लागि सेवा प्रवाभित भएको नेप्सका सीइओ संजिव सुब्बाले जानकारी दिए । सिस्टम अपग्रेडको काम सकिएर दिउँसो नै सेवा शुरु गरी पुनः भ्यालुलेसन प्रोसेस चेक गर्नका लागि एटीएम सेवा केही समयको लागि बन्द गरिएको उनले बताए ।

नेप्सले आफ्नो सिस्टम अपग्रेड गर्नका लागि राष्ट्र बैंकमा अनुमति मागेको थियो । सिस्टम अपगे्रड हुने समयमा सेवा प्रभावित हुने भएकाले राष्ट्र बैंकले रातीको समयमा अपग्रेड गराउन समय दिएको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले बताए ।

‘राती २ बजेदेखि ६ बजेसम्म सिस्टम अपग्रेड गराउन नेप्सलाई स्वीकृति दिइएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘सो अनुसार बिहान ६ बजेसम्म नेप्सले सिस्टम अपग्रेट गराएर सेवा सुचारु गर्नु पर्ने हुन्थ्यो । तर कार्य पुरा नभएको भएपछि राष्ट्र बैंकले सयम सयममा चेक गरी चाँडो काम पूरा गर्न भनेको थियो ।’

सिस्टम अपग्रेड गराउँदा सेवा प्रभावित नहुने गरी गराउनु पर्ने भएकाले नेप्सले अर्को पटक अपग्रेडका लागि दिउँसोको समय नपाउने उनको भनाइ थियो ।

नेप्समा वाणिज्य बैंकहरुमा हाल बैंक अफ काण्माण्डू, सिजिटन्स, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपा बंगलादेश, एनआइसी एशिया, प्रभु, प्राइम, सिद्धार्थ र सनराइज बैंक आवद्ध छन् ।

यी बैंकका एटीएमबाट मंगलबार बिहान २ बजेदेखि साँझ ४.३० सम्म ग्राहकले एटीएमबाट पैसा निकाल्न पाएका थिएनन् ।


पुष्प दुलाल