नेप्सेमा ६० अंकको पहिरो



काठमाडौं । पुँजी बजारमा ६० अंकको पहिरो गएको छ । नेपाल स्चक एक्सचेन्ज (नेप्से) मंगलबार ५९.७ अंकले घटेर २४५५.३३ अंकमा पुुगेको छ ।

कूल २०८ कम्पनीको शेयर ६४ हजार ७८७ पटक कारोबार भएको छ । १ करोड ३१ लाख ६ हजार किता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

व्यापार, होटल र पर्यटन समूह बाहेक सबै सूचक घटेका छन् । व्यापार २७८.४९ अंक र होटल र पर्यटन १६.८६ अंकले बढेका छन् ।

बैंक ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत ४०.९९, वित्तीय २२.८५, नन् लाईफ इन्स्योरेन्स ३४३.५७, उत्पादन मूलक १५०.४८, अन्य ४३.२३, माइक्रोफाइनान्स ११२.०८, लाइफ इन्स्योरेन्स ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी समूह १.९१ अंकले घटेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन सेयर मूल्य ९.९९ प्रतिशत र चन्द्रगिरी हिल्सको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेप्लपरको शेयर मूल्य ७.३१ प्रतिशतले घटेको छ ।


पुष्प दुलाल