फागुन लागेपछि बैंकको बिजनेशः २३ अर्ब निक्षेप, ४४ अर्ब रुपैयाँ कर्जा



काठमाडौं । फागुन लागेपछि बैंकहरु कर्जा विस्तारमा आक्रमकरुपमा प्रस्तुत भएका छन् । कोरोना महामारीको असर कम हुन थालेपछि कर्जाको माग बढेको बैंकरहरु बताउँछन् ।

फागुनका दुई सातामा बैंकहरुले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले माघ मसान्तसम्म ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । फागुन १४ गतेसम्म आइपुग्दा निक्षेप २३ अर्ब रुपैयाँले बढेर ३८ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै माघ ३० गतेसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फागुन १४ गतेसम्म आइपुग्दा कर्जा ४४ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

फागुनको ७ गतेसम्म बैंकहरुले ३७ खर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन एक साताको बीचमनै निक्षेप ११ अर्ब रुपैयाँ थप भएको छ भने कर्जा प्रवाह २७ अर्ब रुपैयाँ थप भएको छ ।

‘कोरोना प्रभावित अर्थतन्त्र रिभाइभ हुन थालेको प्रष्ट संकेत हो,’ एक बैंकरले भने, ‘बढ्दो आयातका कारण बैंकमा कार्जाको माग बढेको छ ।’


पुष्प दुलाल