नेपाल इन्फ्रास्ट्रक्चर बैंक खर्बपति क्लबबाट बाहिरियो



काठमाडौं । आइपीओ जारी गरेपछि दोस्रो बजारमा कारोबार शुरु गरेको ५ दिनमा खर्बपति क्लबमा प्रवेश गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक अहिले उक्त क्लबबाट बाहिरिएको छ ।

गत फागनु २ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै फागुन ६ गते बिहीबार बजारपुँजीकरणका आधारमा खर्बपति क्लबमा प्रवेश गरेको थियो । तर त्यसको १० दिनपछि बैंकको बजारपुँजीकरण १ खर्बभन्दा कम भएको हो ।

बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा गत फागुन १० गते सोमबार बैंकको सेयर ७२१ रुपैयाँसम्म कारोबार भएको थियो । तर सोही दिनदेखि घट्न थालेको बैंकको सेयर आज सोमबार कारोबार शुरु हुन बित्तिकै सेयर मूल्य ४८२ रुपैयाँसम्म झरेको छ ।

कम्पनीको २० करोड कित्ता सेयर नेप्सेमा सूचिकृत छ । कम्पनी फेरि खर्बपति क्लवमा पुग्नका लागि प्रतिसेयर ५ सय हुनुपर्छ ।


क्लिकमान्डु