वर्ड लिंकको ब्राण्ड एम्बास्डरमा श्रृंखला खतिवडा



काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सले शृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको छ । मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येकी एक हुन् ।

२५औं वार्षिकोत्सवका अवसरमा नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सँधै प्रयासरत रहेको वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए ।

‘शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं, हामीजस्तै उहाँ पनि आप्mनो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेसित गर्न सकिनेछ,’ उनले भने ।

ब्राण्ड एम्बास्डर लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि खतिवडाले भनिन्, ‘नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवाप्रति, वल्र्डलिंकले गरेको मेहनतको म सराहना गदर्छु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुशी छु ।’

शृंखला सन् २०१८ मा मिस नेपालको २३औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वर्ड-२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

त्यसमा उनी ‘उत्कृष्ट बाह्रौं’मा पर्न सफल भएकी थिइन् । र, उनलाई ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ विजेता पनि घोषित गरिएको थियो ।


पुष्प दुलाल