बालाजु बाइपासमा सडक पिच गर्न सरकारले डोजर चलायो, स्थानीयको विरोध



काठमाडौं । सरकारले बालाजु बाइपासमा पिच गर्नका लागि डोजर चलाएको छ । स्थानीयबासीको लामो समयदेखिको विरोधका कारण पिच हुन नसकेको सडकमा शनिबार डोजर चलाइएको हो ।

बालाजु बाइपास चोकदेखि बाइसधारा जाने सडकखण्डमा पर्ने करिब ५०० मिटर कच्ची बाटोमा शनिबार डोजर लगाइएको हो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत ४९ घरलाई मुआब्जा र क्षतिपूर्ति नदिइ घर भत्काएर बाटो बनाएको भन्दै पीडितहरुले आन्दोलन गर्दै आएका छन् ।

पीडितहरुले केही महिना अघि रिले अनसनका समेत गरेका थिए । पीडितहरुको विरोधका कारण लामो समयदेखि उक्त सडक खण्डमा पिच हुन सकेको थिएन ।


क्लिकमान्डु