नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाको ३५ वर्ष मनायो



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक ३५औं वर्षमा प्रवेश गरेको छ । सन् १९८६ मा स्थापना भएको बैंकले यो अवधिसम्म आइपुग्दा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टीलाई उच्चतम् स्थानमा राखी आफ्नो सेवा विस्तार गरिरहेको छ ।

स्थपनाको ३५औं वर्षमा प्रवेशको अवसरमा बैंकले ‘सम्मान ¥याली’ आयोजना गरेको छ । जसमा कोभिड–१९ को महामारीमा आफ्नो स्वास्थ्यलाई जोखिममा राखी सेवा दिने स्वास्थकर्मीका लागि सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ ।

यसैगरी बैंकले सो अवसरमा डेबिट कार्ड, क्रेडिट कार्ड, इएमआइ, लकर, इ–कम, अनलाइन पेमेन्ट, एसएमई र रिटेल लोनमा ६५ प्रतिशत छुट सिमित अवधिका लागि व्यवस्था गरेको छ ।

साथै, बैंकले वित्तीय साक्षरतालाई प्रोत्साहन तेस्रो पुस्तक ‘हाम्रो सुख दुखको साथी, बैंक कति जाती’ नामक हास्य पुस्तक प्रकाशन गरेको छ ।

बैंकले हालसम्म ८७ वटा शाखा कार्यालय, ३० वटा एक्सटेन्सन काउन्टर, ५९ वटा शाखारहित बैंकिङ शाखा र १३० वटा एटिएमबाट ग्राहकलाई सेवा दिइरहेको छ । बैंकको पूँजी साइज करिब २९ अर्ब पुगेको छ । बैंकले १ खर्ब ६९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६९ अर्ब निक्षेप सकलन गरेर १ खर्ब ५५ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकले डिजिटल बैंकिङमा आगामी दिनमा थप फोकस हुने जनाएको छ ।


क्लिकमान्डु