ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी क्यूआर पेमेन्ट सेवा विस्तार



काठमाडौं । कुमारी बैंकले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरे ।
कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत त्तच् भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ ।

‘यस क्यूआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ‘, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने ।

क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । हालसम्म यस बैंकले ७३०० भन्दा बढी व्यापारीहरु फोन पे क्यूआर डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्लिकमान्डु