नेप्सेमा ४५ अंकको गिरावट, निफ्राको सेयर १९ रुपैयाँले घट्यो



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक साताको अन्तिम दिन ४४.९४ विन्दुले घटेर २५५४.१३ विन्दुमा पुगेको छ ।

क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.५३ विन्दुले घटेको छ । कूल २०६ कम्पनीको सेयर ८३ हजार ४०७ पटक कारोबार भएको छ ।

१ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार नेप्सेका सबै उपसमूह घटेका छन् । नन लाईफ इन्स्योरेन्स १७६.१८ र लाईफ इन्स्योरेन्स २९९.७८ अंकले घटेका छन् ।

बैंक ३७.४९, ट्रेडिङ ५५.१, होटल १७.३६, विकास बैंक ४७.४९, जलविद्युत २७.७५, वित्तीय २५.७२, उत्पादन मूलक ७२.२७, अन्य ३६.७८, माइक्रोफाइनान्स ६०.४८ र सामूहिक लगानी कोष ०.०४ अंकले घटेको छ ।

चन्द्रागिरी हिल्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । बिहीबार पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य घटेको छ । निफ्राको शेयर १९ रुपैयाँले घटेको हो ।


पुष्प दुलाल