समृद्धि फाइनान्सले पोखरामा शाखा खोल्यो



पोखरा । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फाल्गुन १२ गते शाखा कार्यालय चिप्लेढुङ्गा, पोखराको उद्घाटन गरेको छ । समारोहको उद्घाटन प्रमुख अतिथि नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरी प्रसाद भट्टराईले गरे ।

मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको सो संस्थाको काठमाण्डौंको पुतलीसडक र बुटवलमा शाखा रहेका छन । नारायणगढको, चितवनमा पाँचौ शाखा सञ्चालनमा आइसकेको र चाँडै उद्घाटन हुने संस्थाले जनाएको छ ।

उक्त नयाँ शाखाहरु सहित देशभरि संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु