साढे १२ अंकले बढ्यो नेप्से, निफ्राको मूल्य घट्यो
काठमाडौं । नेपाल स्टकएक्चेन्ज (नेप्से) परिसुचकमा सुधार देखिएको छ । नेप्से बुधबार १२.५६ विन्दुले बढेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४ विन्दुले बढेको छ । २०४ कम्पनीको शेयर ६९ हजार ९९४ पटक कारोबार भएको छ ।
१ करोड ६७ लाख २६ हजार ४७२ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । जलविद्युत र अन्य उपसमूहले गिरावटको सामना गर्दा बाँकी उपसमूह भने बढेका छन् ।
जलविद्युत २२.९३ अंक र अन्य १०.८९ अंकले घटेका छन् । बीमा उपसमूह तेहोरो अंकले बढेको छ । नन् लाईफ इन्स्योरेन्स १८४.३४, लाईफ इन्स्योरेन्स १८०.८९, बैंक १५.०६, ट्रेडिङ १.६५, होटल ४६.५८, विकास बैंक १८.७१, वित्तीय ५.९९, उत्पादन मूलक ५४.०४, माइक्रोफाइनान्स २२.१५ र सामूहिक लगानी कोष ०.१५ अंकले बढेको छ ।
१११ कम्पनीका शेयर मूल्य बढेको छ भने ५१ कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आईएमई जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स्को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने ५.३९ अंकले घटेको छ । गत आइतबार कारोबार शुरु भएदेखि लगातार सकारात्मक सर्किटसहित बढी रहेको निफ्राको शेयर मंगलबारदेखि घट्न थालेको हो ।