फेसमास्क सहितको ड्राइभिङ लाइसेन्स बनेपछि …



एजेन्सी। कोभिड–१९ को महामारीका कारण फेसमास्क लगाएर हिड्नु सामान्य नै हो । घर बाहिर निस्किदा हरेक मानिसले आफ्नो अनुहार मास्कले डाक्ने गर्छ । मास्कमा फोटो खिच्नु पनि फेसन नै बनिसकेको छ ।

कुनै समारोह तथा कार्याक्रममा मानिसहरुले मास्क लगाएर नै फोटो खिच्छन् । तर कुनै आधिकारिक कागजात बनाउन भने मानिसले आफ्नो पूरा अनुहार सहितको फोटो खिच्नुपर्ने हुन्छ ।

व्यक्तिको पूरै अनुहार बिना कुनै पनि कागजातमा रहेको तस्वीरको सत्यता थाहा पाउन सकिदैन । तर अमेरिकामा भने फेसमास्क सहित सरकारी कागजात बनेको छ ।

क्लालिर्फोनियाको यातायात विभागले एक महिलालाई मास्क लगाएको फोटोमा ड्राइभिङ लाइसेन्स जारी गरेको छ । यातायात विभागका ती अधिकारीले यसलाई मानविय गल्ति भएको बताएका छन् । तर लाइसेन्सको फोटो इन्टरनेटमा भाइरल भएसँगै विभागको मजाक उडाउने क्रम शुरु भइसकेको छ ।

फेसमास्क युक्त लाइसेन्स प्राप्त गर्ने महिलाका अनुसार क्यालिर्फोनिया यातायात विभागमा उनले अघिल्लो महिना ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिएकी थिइन् ।

विभागका अधिकारीले मास्कमै उनको फोटो खिचेका थिए । महिलाका अनुसार उनीसँग अधिकारीले एक पटक पनि मास्क खोल्न भनेका थिएनन् ।

विभागलाई आफ्नो गल्ती महशुस भएसँगै उक्त महिलाको पुन मास्क बिनाको फोटो लिइएको थियो । तर ड्राइभिङ लाइसेन्स वितरण गर्दा भने उनलाई मास्क लगाइएको फोटो सहित लाइसेन्स दिइएको थियो ।

उक्त लाइसेन्स देखेर उनले त्यसको फोटो खिचेर सामाजिक सञ्चालमा सार्वजनिक गरेकी थिइन् । त्यसमा महिलाले यस ड्राइभिङ लाइसेन्सका लागि ३५ अमेरिकी डलर खर्च गरेको लेखेकी थिइन् ।

मास्कको कारण लाइसेन्समा उनको आँखा र कमाल मात्र देखिएको छ । यसलाई लिएर सबैभन्दा बढी आलोचना सरकारी कार्यालयको नै भएको छ ।


पुष्प दुलाल