साझेदारी फर्म र व्यापारमुलक कम्पनीको इजाजत नवीकरण, संशोधन, खारेजीको काम अनलाइनबाटै



काठमाडौं । आजदेखि साझेदारी फर्म र व्यापारमुलक कम्पनीको इजाजत नवीकरण, संशोधन, खारेजीको सम्पूर्ण काम आनलाइनबाट हुने भएको छ । विगतको दिनमा प्राइभेट फर्मको मात्रै नियमनको कार्य अनलाइनमार्फत हुँदै आएकोमा अबदेखि साझेदारी फर्म र व्यापारमुलक कम्पनीलाई पनि आनलाइनबाटै कार्य गर्ने अनुमति दिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सेवा प्रवाहलाई आधुनिकीकरण गर्दै जाने सन्दर्भमा उक्त व्यवस्था ल्याएको जनाएको विभागका प्रवक्ता शिवराज सेढाइ बताउँछन् । उनका अनुसार साझेदारी फर्म तथा कम्पनीको व्यापार इजाजत नवीकरण, संशोधन, खारेजीलगायतका सम्पूर्ण कार्यमा लागि निवेदन दर्ता अनलाइनमा आफ्नो कागजातहरू स्क्यान गरी पेश गर्न आग्रह गर्न सक्ने बताए ।

प्राइभेट फर्मको अनलाइनमार्फत् सबै काम भइरहेको छ । साथै, अब साझेदारी र व्यापार मुलुक फर्मको अनलाइनमार्फत् कार्य शुरु गरेको छ । अझै केही एजेन्सी बाँकी भएकाले ती कम्पनीको कार्य बिस्तारै अनलाइनमार्फत् कार्य हुने उनले बताए । विभिन्न कम्पनी तथा एजेन्सीको आ-आफ्नै ऐन कानून भएकाले सोही अनुसार कार्यान्वयनमा ल्याएको उनको भनाइ छ ।

विगतको दिनमा कागजातहरू लिएर विभागमा आई लाइन बसेर फर्म भनुपर्थ्यो भने अबका दिनमा उक्त झन्झट हट्ने उनले जनकारी दिए ।

‘अनलाइनमार्फत कार्य नगर्दा कुनै पनि व्यक्ति विभागमा आएर कागजात सबै पेश गरेर कार्य सम्पन्न हुन ३/४ दिन लाग्थ्यो । अब घरमै बसेर अनलाइनमार्फत आवश्यक कागजातहरू अनलाइनमार्फत भर्न सक्नेछन्,’ उनले भने ।

साथै, कागजातहरू पेश गरेसँगै म्यासेज जाने र सोही अनुसार विभागमा उपस्थिति जनाउँदा सेवाग्राहीलाई सहज हुने बताए ।


क्लिकमान्डु