माबिलुङ्ग इनर्जी-माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजना लक्ष्मी र माछापुच्छ्रे बैंकले कर्जा लगानी गर्ने



काठमाडौं । लक्ष्मी बैंकको अगुवाइमा २ वटा वाणिज्य बैंकले माबिलुङ्ग इनर्जी र माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा सहवित्तीयरकण अन्तर्गत ६५ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गर्ने भएको छ ।

संखुवासभा जिल्लाको साविकमा अवस्थित सिद्धकालीको माबिलुङ्ग इनर्जी र मावादिन गाविसामा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक, माछापुच्छ्रे सहित ३ वटा बैंकले कर्जा सुविधा सम्झौतामा गरेको हो ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेकोछ । जसमा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गर्ने उल्लेख गरेको छ ।

माबिलुङ्ग इनर्जी  र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको थियो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ ।

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । सोे आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेकोछ ।


क्लिकमान्डु