मधु मरासिनी बने नेपाल बैंकको अध्यक्ष
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् । बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।
उनी अर्थ मन्त्रालयका तर्फबाट केहीदिन अघि सञ्चालकमा नियुक्त भएका थिए ।
अर्थ मन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालीन अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएपछि पद रिक्त भएको थियो ।