एनसेल एपको नयाँ संस्करण सार्वजनिक; ग्राहकका लागि आकर्षक थप सुविधाहरु



काठमाडौं । सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ ।

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्दछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।

त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् ।

उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरुप ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन नविनतम सेवाहरु ल्याउने गरेको छ । निकै सराहाना गरिएकोे एनसेल एपमा थप गरिएको सुविधाहरुले एप मार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विशेष गरी ग्राहक जहाँ भएपनि छिटो छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास लिइएको छ ।

ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन एनसेल सदा प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्धता अन्तर्गत एनसेलले गत महिनामात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो । एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ ।

एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।


पुष्प दुलाल