धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा



काठमाडौं । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोज्यूले क्यूआर कोर्ड सेवाको शुरुवात गरेका हुन् ।

उक्त क्युआर कोड सेवा शुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफू खरिद गरेको तरकारी तथा फलफुल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नुहुनेछ ।

दुबै कार्यक्रममा नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सके समय र पैसा दुवेको बचत हुने बताए ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको  बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ ।

साथै अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत् खाता एंव मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।


क्लिकमान्डु